नेपालगन्जमा राप्रपाका धवलको अग्रता

असार १६, नेपालगन्ज- नेपालगन्ज उपमहानगरमा राप्रपाका धवलशमसेर राणाले अनुमान गरे भन्दा राम्रो मतसहित अग्रता लिएका छन् । वडा नम्बर १ को १५ सय मतगणना हुँदा नेपालगन्जको मेयरमा राप्रपा र उपमेयरमा कांग्रेसले अग्रता रहेको छ।

१५०० मतगणना हुँदा राणाले ४८२ मत ल्यायका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका दामोदर आचार्यले ३४५ मत ल्यायका छन् । त्यस्तै काङ्ग्रेसका सुरेशकुमार कनोडियाले २४६ मत ल्यायका छन् ।

एमालेको राम्रो भनिएको उक्त वडामा समसुद्दिन सिद्दिकी १८३ मा सीमित भएका छन् । साङ्गठ्निक रूपमा राप्रपा उक्त वडामा चौथो स्थानमा रहेको आँकलन गरिएको थियो । तर, धवलले मेयरमा काङ्ग्रेस र एमालेको मत खोसेको प्रारम्भिक परिणामले देखाएको छ । कनोडिया तेस्रो स्थानमा रहँदा उपमेयरमा काङ्ग्रेसकी उमा थापा भने ४३२ मतसहित पहिलो स्थानमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *