१८ औ गोधुली कप पुस १५ देखि हुने 

भरतराज शर्मा(गोपाल) 

धरान, पुस ७ ।  धरान १७ स्थित गोधुली क्लवले आयोजना गर्दै आइरहेको गोधुली रनिङ कपको १८औ संस्करण यहि पुस १५ गते देखि सुरु हुने भएको छ ।

धरान उपमहानगरपालिका भित्र पर्ने वडाहरुले मात्र सहभागि हुन पाउने वडा स्तरिय प्रतियोगितामा धरान भरिका २० वटा टिमले सहभागिता जनाउने आयोजक क्लवका उपाध्यक्ष सतिस केसिले जानकारी गराए ।

पुस २९ गते सम्म चल्ने प्रतियोगिताको पुरस्कार राशिमा यस पटक भने वृद्धि गरिएको छ । विजेता टिमले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्ता गर्नेछन भने उप विजेताले नगद ५० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछन ।

१७औ संस्करणमा नगद पुरस्कारमा विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैया पाउने गरेका थिए । त्यसतै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि विजेताले नगद १० हजार, हाइ स्कोररले नगद ८ हजार, वेस्ट गोलकिपरले नगद ५ हजार, म्यान अफ द म्याचले नगद ५ हजार र उदयमान खेलाडिले नगद ५ हजार, ट्फि र प्रामाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *