मितेरी बैंकद्वारा विद्यार्थीलाई जाडोमा स्विटर बितरण

भरतराज शर्मा(गोपाल)

धरान, पुस ७ । धरानको मितेरी विकास बैंकले धरान–१६ को भगवति निमाविका १२५ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार स्कुलका विद्यार्थीहरुलाई स्विटर प्रदान गरेको हो । सामुदायिक स्कुल भगवतिमा सुकुम्बासी वस्तीका बच्चाहरुहरुले अध्यापन गर्ने गरेका छन् ।

विद्यार्थीहरुलाई धरान उपमहानगरकी निमित्त प्रमुख मञ्जु भण्डारी सुवेदी, बैंकका अध्यक्ष अजितनारायणसिंह थापा, कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीलगायतले विद्यार्थीहरुलाई स्विटर वितरण गरे । स्कुलका प्रधानाध्यापक गुणनिधि तिम्सिनाले बैंकलाई धन्यवाद ज्ञापन गरे । धरानबाट स्थापित बैंकले पूर्वमा १४ वटा शाखाहरु स्थापना गरिसकेको छ ।

बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्रीहरु वितरण गर्ने गरेको छ । बैंकले करिव ६० हजार मूल्य बराबरको स्वेटर स्कुलका विद्यार्थीहरुलाई प्रदान गरेको सञ्चालक समितिका सदस्य किशन मास्केले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *