प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि एमालेको पहिलो स्थायी कमिटी बैठक बस्दै
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, पुस ७ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछिको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक दिउँसो एक बजे पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
निर्वाचन परिणाम, पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा बैठकमा छलफल हुने कार्यालय सचिव श्रेष्ठको भनाइ छ । समानुपातिकको मतपरिणाम घोषणामा भइरहेको ढिलाइका बारेमा पनि बैठकमा कुराकानी हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया