मेक्सिकोलाई हराउदै जर्मनी कन्फेडेरेसन कपको फाइनल प्रवेश

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गतको दोश्रो सेमिफाइनल खेलमा मेक्सिकोलाई ४-१ ले पराजित गर्दै जर्मनीले फाइनलमा स्थान पक्का गरेको छ ।

खेलको छैटौं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसको १ मिनेट बित्न नपाउँदै आठौं मिनेटमा गोरेट्ज्काले पुन: गोल गर्दै अग्रता दोब्बर पारे । निकै मौकाहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा मेक्सिको खेलमा फर्कन सकेन ।

दोश्रो हाफको ५९ औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ३-० ले अघि बढाएका थिए । नियमित समयको १ मिनेट बाँकी हुँदा मेक्सिकोले गोल गर्दै अग्रता घटाएको थियो । मार्के फाबियानले खेललाई ३-१ को स्थितिमा ल्याए। तर, अमिन युनेसले अन्तिम समयमा गोल गरेपछि खेल ४-१ ले समापन भयो । यस खेलसँगै आइतबार हुने फाइनल खेलमा चिली र जर्मनी भिड्ने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *