महिला बेचबिखनको आरोपमा वडा अध्यक्ष पक्राउ

पुस ६, काठमाडौं । नुवाकोट कांग्रेसका नेता सुनबहादुर तमाङ मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । उनी दुप्चेश्वर गाउँपालिका वडा १ का निर्वाचित अध्यक्ष समेत हुन् ।

तमाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका हुन् । तामाङ प्रहरीको निगरानीमा रहेका थिए । उनलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नुवाकोटबाटै पक्राउ गरेको हो । अघिल्लो वर्ष उनी ५ लाख धरौटी राखेर तारेखमा छुटेका थिए ।उनको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधिन रहेको छ ।

मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तमाङलाई कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । घ्याङ्फेदिबाट बिक्रि भएका चार सय केटीसँग उनको नाम जोडिएको छ ।

सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन । सुनबहादुरका छोरा यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुइ श्रीमतीसमेत इण्डियामै रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *