काष्ठमण्डप पुनः निर्माणमा महानगरले साथ नदिएको गुनासो

काठमाडौँ, १५ असार । काष्ठमण्डप पुनःनिर्माणका अभियानकर्मीहरु र सरकारी निकायबीच समन्वय नहुँदा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माणमा ढिलाइ भएको छ । प्राचीनतम् सार्वजनिक भवन मध्येमा पर्ने नेपाल मण्डलको नेवा सभ्यताको जीवन्त सम्पदा काष्ठमण्डपको निर्माण कार्य १६औँ शताब्दीमा काठमाडौँका तान्त्रिक लीलाबज्रले एउटै काठबाट गरेका थिए । यसलाई नेवारी भाषामा मरु सतः भनिन्छ । मरु सतः काठमाडौँको नेवार परम्परा एवम् थुपै्र प्रथासँग जोडिएको छ ।

काठमाडौँ महानगरपालिकाले आफूहरुलाई साथ नदिएको अभियानकर्ताको गुनासो छ । निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानबीच भएको समझदारीविपरीत महानगरपालिकाका कर्मचारीले हस्तक्षेप गरेको गुनासो गर्नुभयो । समझदारी पत्रमा प्राधिकरणका तर्पmबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका तर्फबाट महानिर्देशक भेषनारायण दाहाल, काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानका तर्फबाट अध्यक्ष श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रका बारेमा ‘थाहा छैन’ भन्दै महानगरपालिकाका कर्मचारीले ‘माथिको आदेश’ भनी काष्ठमण्डपको जगको सुरक्षा गर्न बनाउन लागिएको अस्थायी मण्डपका लागि पुरातत्वविद्समेतको उपस्थिति र निर्देशनअनुसार गाडिएको बाँसको संरचना भत्काइदिएको श्रेष्ठको भनाइ छ । महानगरपालिकाले पुनःनिर्माणमा ठेक्का लगाउने पक्षमा भएकाले अभियानको काममा बाधा दिइएको हुनसक्ने अध्यक्ष श्रेष्ठको दाबी छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *