‘नागरिकता’ दबाव दिन राष्ट्रिय सम्मेलन


“पुस ६, इटहरी । राज्यबाटैपाउनबाट बञ्चित नागरिकहरुको समस्या समाधान गर्न काठमाडौंमा नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । सबै नागरिकले नागरिकता पाउन सकुन भन्ने उद्देश्यका साथ विहिबार काठमाडौंमा एक दिने नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नागरिकता पाउनबाट बञ्चित भएका नागरिकहरु समेत सहभागी भएका छन । नागरिकता सबै नागरिकलाई उपलब्ध गराउन सहजहोस भनेर साझा धारणा बनाउन नागरिक अधिकारकर्मी, कानुनका क्षेत्रमा कार्यरत संघ, संस्था र पीडित पक्षहरुसहित सहभागी भएको राष्ट्रिय सम्मेलन आयोजना गरिएको महिला कानुन विकास मंचकी अभिवक्ता सुष्मा गौतमले जानकारी दिईन् ।
नेपालमा पैत्रिक सम्पत्तिमा दावी नगरुन भनेर पनि महिलाहरुलाई नागरिक दिन नचाहनेहरुको जमात ठूलो रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यता, पीडित पक्षले पनि बुबा र दाजुभाईको मिलेमतोमा आफूहरुले नागरिकता पाउन नसकेको गुनासो पनि गर्दै आएका छन ।
संविधानले सबै नागरिकलाई नागरिकता दिने हक सुनिश्चित गरेपनि कतिपय नागरिकले लैगिक विभेदका कारण पनि नागरिकता पाउन सकेका छैनन् । महिला कानुन विकास मंचले नागरिकता पाउने नागरिकको हकलाई सुनिश्चित गर्न निःशुल्क कानुन सेवा पनि उपलब्ध गराउँदै आएको छ ।”
