ट्रयाक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
पुस ६, महोत्तरी । महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ । आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनस्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
ट्र्याक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित