घर चाहियो ? ‘महारानी’आरजुको घर बिक्रीमा,मात्रै चार करोड !


“
काठमाडौँ, पुस ६। प्रधानमन्त्री पत्नी आरजु राणाले कैलाली–५ बाट प्रतिनिधि सभामा पराजित भएर के भो ? निर्वाचनमा लडेको खर्च अब त्यहीँ घरले उकास्ने मात्रै छैन नाफा पनि कमिने भएको छ । हो,प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले ३ करोडको घर बिक्रीमा राखेकी छिन् । उनले सक्दो चाँडो भन्दा चाँडो उक्त घर बेच्न कस्सिएकी छिन् । निर्वाचन हारे पनि ३ करोडमा किनेको घर चार करोडमा बिक्री गर्न लागेको स्रोत बताउँछ ।
‘उहाँ त यसो चुनाव कस्तो हुन्छ भनेर ‘टेस्ट’ मात्र गर्न आउनुभएको हो । उहाँको त मुख्य काम त अर्कै पो थियो ।’ के काम हो ? भन्ने प्रश्नको उत्तरमा उनले भने ‘ उहाँ त चुनावका नाममा व्यापार गर्न पो आउनुभएको हो त । मैले सुनेअनुसार यो घर किन्दा उहाँको खल्तीबाट एक रुपैयाँ खर्चिएको छैन ।’ स्रोतले बताएअनुसार आरजुले आफ्नो खल्तीबाट नभई अर्कैको लगानीमा उक्त घर ठड्याइएक बताइन्छ ।
त्यहाँका एक नेताका अनुसार उनलाई निर्वाचनबाट भन्दा पनि ३ करोडको घरबाट ठुलो फाइदा भएको बताउँछन् । ‘ एक महिनामा ३ करोडको घर ४ करोडमा बिक्री भएपछि अरू के चाहियो र !’ अर्कातिर काँग्रेस बृत्तमा आरजुको कारणले पनि काँग्रेसले पराजय भोग्नु परेको बताइन्छ । आरजु राजनीतिक व्यक्ति होइनन् तर प्रधानमन्त्री पत्नी भएपछि आफूलाई ‘महारानी हुँ’ भन्ने मनसायले गर्दा निर्वाचनको मुखमा उनले मनपरी टिकट बाँडफाँट गरेको पनि बताइएको छ । यसकारण काँग्रेसले चुनाव जित्ने ठाउँमा आरजुका कारण देउवाले पनि ‘लौ न त’ भन्दै मनपरी टिकट बाँडफाँट गरे पनि काँग्रेसलाई ठुलो नोक्सान भएको अहिले निक्कै चर्चा चल्न थालेको छ ।
कैलाली जिल्लामा निर्वाचनका बेला घर किन्ने आरजुको त्यस्तो राजनीतिलाई त्यहाँका स्थानीय कांग्रेसी कार्यकर्ताहरूले भन्छन्,‘समय हुँदासम्म काठमाडौँमा बस्ने । निर्वाचनका बेला कैलालीमा आएर घर किन्ने । प्रचार प्रसारमा स्थानीय काँग्रेसका नेतालाई भन्दा बाहिरबाट आयातित नेताहरूलाई अगाडि पछाडि गराउने, यसरी पनि चुनाव जितिन्छ ?’ आरजुले प्रधानमन्त्री देउवाको आडमा गरेको दलालीको काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले फिटिक्कै मन पराएका थिएनन् ।
यस्तो अवस्थामा आरजुले हार्ने पक्का थियो । चिल्लो गाडीमा हिँड्ने, गरिब जनताको कुरा नबुझ्ने आरजु जस्ता महिला नेतृका लागि हारभन्दा अर्को विकल्प थिएन । आरजुभन्दा कमजोर एमालेका नारदमुनि राना चौधरी थिए । तर, त्यहाँका बासिन्दाले आरजु ‘टुरिष्ट’ उम्मेद्वाको ट्याग भिराउँदै यहाँकै स्थानीले चुनाव जित्न आवश्यक रहेको पनि बताएका थिए । नभन्दै एमालेका उम्मेदवार नारदमुनीले आरजुलाई पराजित गरे । अहिले आरजुको घर बिक्रीमा राखिएपछि चौतर्फी विश्लेषण कैलालीमा हुन थालेको छ ।
“
