कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता झ्वाम

नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला, अपागंलाई सामाजिक सुरक्षा वापत दिदै आएको रकमको गौर नगरपालिकाको कर्मचारीहरुको मिलोमतोमा व्यापक दुरुपयोग भएको पाइएको छ । ७० बर्ष उमेर पुगेकालार्ई जेष्ठ नागरिक, ६० बर्ष पुगेकालाई दलितलाई भत्ता, एकल महिला एवं अपागंहरुको सम्बन्धित कार्यालयका कर्मचारीले सक्कल नागरिकता हेरी सोही अनुसार प्रमाणित गरेर कार्ड वनाई दिने …….

कानुनी व्यवस्था भएकोमा गौर नगरपालिकाको सामुदायिक विकास शाखा र त्यसका लागि तोकिएका जिम्मेवार कर्मचारीहरुले आर्थिक लोभ लालचमा परी उमेर नै नपुगेका करिव ५ सय जति महिला एवं पुरुषलाई कार्ड वनाई प्रमाणित गरी वितरण गर्दा विगत उनीहरुले विगत तिन आर्थिक बर्ष देखि रकम बुझ्दै आएको पाइएको हो ।

उमेर नै नपुगकाहरु गत आर्थिक बर्ष २०७०/०७१, ०७१/०७२, ०७२/०७३ सालको समाजिक सुरक्षा भत्ता वापतको रकम निर्वाध रुपमा बुझ्दै आएकोमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित क्षेत्रिय कार्यालयमा उजुरी पर्दा सो कार्यालयबाट गौर नगरपालिकाको कार्यालयमा पत्र पठाई सोको वास्तविक्ता पत्ता लगाई सम्वन्धित कागजात सहित जानकारी गराउन पत्र पठाएपछि उक्त कार्य माथि अहिले कार्यालय द्धारा छानविन हुँदा करिव ५ सयको हाराहारीमा किर्ते हस्ताक्षर र उमेर नै पुगेकाहरुको कार्ड वितरण भएको प्रमाण फेला परेपछि नगरपालिकाको कार्यालयमा हल्लि खल्लि मचेका छन् ।

अख्तियारबाट पत्र आएपछि सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउदा प्रमुख जिल्ला अधिकारी आफै रकम दिने कृषि विकास वैंकमा गएर नागरिकता हेरेर मात्रै रकम दिन निर्देशन दिइएको बुझिएको हो । गौर नगरपालिकाबाट कृषि विकास वैंकलाई निकासा पठाएपछि लाभ लिने व्यक्तिहरु बैंकमा जँदा सक्कल नागरिकता देखाएर उमेर पुगेकालाई भुक्तानी दिने तथा उमेर नपुगेका लाई फर्काइएपछि ति व्यक्तिहरु पुन ः नगरपालिकाको कार्यालयमा आएपछि बास्तविकता हेर्दा उमेर नै नपुगेको पाइएपछि गत साता देखि छानविन सुरु गर्दा अहिले सम्म ५ सयको हाराहारीमा उमेर नपुगेका व्यक्तिहरु फेला परेको नगरपालिकाको कार्यालय श्रोतबाट बुझिएको छ ।

सो कार्य गर्न जिम्मेवारी पाएका कर्मचारी विनोद पासवानले उमेर नै नपुगेका व्यक्तिहरुको उमेर पुगेको भनेर कागजातहरु पुर्याएर फोकल पर्सन एवं त्यस कार्यालयका सूचना अधिकृत सरोजलाल दासले प्रमाणित गरेपछि समाजिक सुरक्षाको रकमको गौर नगरपालिकामा व्यापक रुपमा दुरुपयोग भएको पाइएको छ । कतिपयमा फोकल पर्सन झुक्किएर हस्ताक्षर गरेका छन भने कतिपयमा उनको किर्ते हस्ताक्षर गरी कार्ड वितरण भएको सो कार्यालयबाट बुझिएको छ ।

त्यती मात्रै नभई नगरपालिकामा कार्यरत कर्मचारीले पनि आफ्नै नातागोताका मान्छेहरुको उमेर नै नपुगेका लाई कार्ड उपलब्ध गराएर राज्यबाट पाएको सेवा सुविधाको दुरुपयोग गरेको पाइएको छ । फर्जी कागजातको आधारमा समाजिक सुरक्षाको रकम दुरुपयोग भएकोमा अख्तियारबाट पुन : जेठ २९ र असार ३ गते गौर नगरपालिकालाई पत्र पठाएर अविलम्ब उक्त कार्यको जानकारी माग गर्दा समेत अहिले सम्म संलग्न व्यक्तिहरुलाई जोगाउन त्यस कार्यालयबाट पत्रको जवाफ नदिएको नगरपालिका श्रोतले जानकारी दिएको छ  ।यसवारे फोकल पर्सन दासले त्यही कागजातहरुको आनुसन्धान गरिरहेको बताउदै अहिले केही भन्न नमिल्ने तथा सबै अनुसन्धान भईसकेपछि मात्र जानकारी दिने बताए । तर आफनो किर्ते हस्ताक्षर भएको स्वीकार गरे । आवश्यक कागजातहरु संकलन गरी पेश गर्ने कर्मचारी पासवान गत शुक्रवार देखि कार्यालयमा अनुपस्थित रहदै आएको जानकारी अर्का कर्मचारी उत्तम भटराईले दिए । हामी पनि पासवानलाई कार्यालयमा पटक पटक आउन आग्रह गरिरहेका छौं तर के कति कारणबाट उनि आएनन् आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सरकारबाट निश्चित उमेर पुगेका महिला तथा पुरुषहरुलाई प्रोत्साहन स्वरुप समाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउदै आएकोमा केही कर्मचारीको मिलोमतोमा निश्चित उमेर नपुगेकालाई प्रमाणित गरी कार्ड राज्यकोषको दरुपयोग भएको बताए । यस्ता कार्य गर्नमा संलग्न रहेका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी भ्रष्टाचार ऐन अन्तर्गत कारवाही तथा निश्चित उमेर नपुगेर रकम लिएकाहरुलाई पहिचान गरी उक्त रकम फिर्ता गराउन तर्फ सम्बन्धित कार्यालयलाई निर्देशन दिने समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *