पर्यटकीय चहलपहल हुने ठमेलको सडकमै रोपाइँ

असार १५, काठमाडौं । काठमाडौंमा बाक्लो पर्यटकीय चहलपहल हुने ठमेलमा सडकको अवस्था जीर्ण बनेको छ । मेलम्चीको पाइप बिछ्याएपछि समयमै मर्मत नगरिँदा ठमेलका सडक हिलाम्य छन् । आज असार १५ धान दिवसको अवसरमा स्थानीय र व्यवसायीहरुले सडकको मर्मत नगरेको विरोधमा सांकेतिक रुपमा सडकमै रोपाइँ गरेका छन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाको बेवास्ताले सडकको दुरावस्था हुँदा पर्यटकीय चहलपहल घटेको बताएका छन् ।
ठमेलका व्यवसायी डोरमणि ढकाल बाटोमा सवारी समेत गुड्न नसक्ने अवस्था रहेकाले पर्यटकहरुको चहलपहल घटेको बताउँछन् ।

‘बाटोमा हिन्न नै नसकिने अवस्था आयो, ब्यापार पनि हुनै छाड्यो’ ढकाल भन्छन्-‘जति पहल गर्दा पनि सुनिएन ।’

सांकेतिक रुपमा ठमेलका ब्यवसायीले सडकमै धान रोपेपछि सरोकारवालाको ध्यान खिचिने अपेक्षा गरिएको छ ।
काठमाडौंमा धेरै पर्यटकको चहल-पहल रहने क्षेत्रको सडकहरु नै जीण भएकाले त्यसले नेपालबारे राम्रो सन्देश नजाने ब्यवसायीको भनाइ छ । सडकको अवस्था निकै खराब भएपछि सवारहरु नै खाल्डोमा पर्ने र घन्टौं जाम हुने समस्या पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *