दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी

गुल्मी, १५ असार । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गर्नुभयो ।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गर्नुभयो । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *