दाङको दुबै उपमहानगरमा एमालेको शुरूवाती अग्रता

असार १५, दाङ । दाङको घोराई उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।सदरमुकाम समेत रहेको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन् । चौधरीले ४४५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १३२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमको २१ मत रहेको छ ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेको अग्रता छन् । पाण्डेले ११८ प्राप्त गरेका छन् । ७७ मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ९ मत पाएका छन् । दुवै उपमहानगरमा वडा नं १ को मतगणना भइरहेको छ । दाङको दंगिशरण गाँउपालिका वडा नम्बर एकमा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेकै उमेद्वार श्रीप्रसाद चौधरी ३ सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिनुभयो ।
चौधरीका प्रतिद्धन्दी माओवादी केन्द्रका उमेद्वार युवराज २ सय ४७ मत ल्याउनुभएको छ भने काँग्रेसका उमेद्वार एकराज डाँगीले २ सय ७२ मत ल्याउनु भएको छ । उक्त वडामा अध्यक्ष सहित एमालेका सबै सदस्यले चुनाव जितेका छन् । गाऊँपालिको अध्यक्ष र उपाध्यक्षमा पनि एमालेकै उमेद्वार अगाडी हुनुहुन्छ । अध्यक्षमा एमालेका भागिराम चौधरीले ३ सय ८२ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका यज्ञनारायण आचार्यले २ सय ९८ र माओवादी केन्द्रका अध्यक्षमा उमेद्वार हिरालाल चौधरीले २ सय ९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा एमालेका सीमा न्यौपानेले ३ सय ८३, काँग्रेसका पिमा खड्काले २ सय ९५ र माओवादीका सीता बस्नेतले २ सय ५३ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *