महाकाली नगरपालिका– १ मा कांग्रेस विजयी

असार १५, दार्चुला । महाकाली नगरपालिका– १ मा नेपाली कांग्रेसको पुरै समूह विजयी भएको छ । महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी भएका छन् । उनका निकतम एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरे ।  भने, महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी भए । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगर प्रमुखमा काँग्रेसका हंशराज भट्टले ५८८ मत, नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा काँग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन्। अहिले महकाली– २ को मतगणना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *