इपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं, पुस ५ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा बिराटनगर वारियर्स र पोखरा राइनोज बीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोाली लगातार दोस्रो जितको खोजिमा हुनेछन् । पहिलो खेलमा दुवै टोलीले जित हाँसिल गरेका थिए । त्यस्तै दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा भैरहवा ग्याडिटर्स र काठमान्डु किंग्स ११ बीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल गुमाएको काठमान्डु आज पहिलो जितको खोजीमा हुनेछ भने भैरहवाले प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ ।

चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दोश्रो खेलमा दिउँसो पौने १ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स आमनेसामने हुनेछन् । हिजो भएको उद्घाटन खेलमा काठमाडौँ किङ्स इलेभेनलाई सात विकेटले पराजित गर्दै ललितपुर प्याट्रियसले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *