मार्तडीमा नयाँ शाखा खुलेसँगै एनआईसी एशियाको पहुँच दुर्गम भेगमा पनि

पुस ४, काठमाडौं । एनआईसी एशिया बैंकले “बैंक पनि, साथी पनि” भन्ने नारा सहित देशका विभिन्न भागमा शाखा विस्तार गरेको छ । यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

बैंकले अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति बनाएको छ । त्यस अन्तरगत यस बैंकले बाजुराको बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा समेत नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय मंगलबारका दिन एक समारोहका बिच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उद्घाटन गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख अतिथ्यता रहेको थियो ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास बैंकले लिएको छ। यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहीतको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको धारणा राखेका थिए ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *