सुदूरपश्चिम महोत्सवमा कृषि प्रदर्शनी, आचार्यले पाए प्रथम पुरस्कार

पुस ४, धनगढी । धनगढीमा जारी सुदूरपश्चिम औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा मंगलबार कृषि प्रदर्शनीको आयोजना गरिएको छ । प्रतियोगिताका रुपमा गरिएको कृषि उपजको प्रदर्शनीमा अत्तरियाका केरा किसान लक्षीराम आचार्य प्रथम भएका छन् । एक सय तीन जना किसानको कृषि उपजलाई पछि पार्दै आचार्यले रु दुई हजार पाँच सय नगद पुरस्कार र प्रमाणपत्र हात पारे ।

आचार्यले अन्य दुई जना साथीसँग मिलेर गेटामा करिब २० विगाह जमिनमा केरा खेती गर्दै आएका छन् । राजनीति तथा समाजसेवामा पनि उत्तिकै सक्रिय आचार्य राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष समेत हुन् । उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट उम्मेदवार समेत थिए ।

यही मंसिर ९ गतेदेखि धनगढीमा जारी औधोगिक व्यापार महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय उत्पादनहरुको प्रदर्शनी तथा खरिद बिक्रि, रमाईलो मेला, विभिन्न साँस्कृतिक कार्यक्रमका साथै सूचना प्रविधिको समेत पदर्शनी हुने गरेको छ ।

प्रदेश वर्ष आयोजना हुने यो मेला सुदूरपश्चिमकै ठुलो मेला मानिन्छ । हरेक वर्ष प्रधानमन्त्री वा मन्त्रीबाट उद्घाटन हुँदै आएको यो मेलाको उद्घाटन यसपटक कैलाली ३ बाट नवनिर्वाचित सांसद नारदमुनी रानाले गरेका थिए । मेला पुस ९ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *