यस्तो रहेछ दिपाश्रीको सुन्दरताको राज

पुस ४, काठमाडौँ । निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताएकी छन् । काठमाडौँको एक होटलमा आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उनले यस्तो रहस्य खोलेकी हुन् ।

“पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो”, दिपाश्रीले भनिन् “शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।”

चर्चित चलचित्र ‘छक्कापञ्जा’की निर्देशक निरौला विगत २४ वर्षदेखि शाकाहारी छन् भने उनी जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्छिन् । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो । संघ ध्यान र शाकाहार प्रवद्र्धन गर्ने संस्था हो ।

“हामीले यस्ता कार्यक्रम बेला–बेला गर्ने गरेका छौँ । स्वस्थ जीवन जिउन प्रेरित गर्ने यस्ता कार्यक्रम मात्रै होइन, हाइकिङ र सरसफाइका कार्यक्रम पनि गर्छौं”, शाकाहारी संघका उपाध्यक्ष कृष्ण गुरुङले बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *