दलीय सहमति नजुटेसम्म राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण नगर्ने

पुस ४, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्ने भएको छ । अध्यादेशलाई लिएर नेपाली कंग्रेस र एमालेवीच जुहारी चलिरहँदा राष्ट्रपति कार्यालय पनि विवादमा तानिएको छ ।

अध्यादेशमा दलीय सहमति नजुटेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्ने पक्षमा नरहेको बताइएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले अध्यादेश प्रमाणीकरण नभएसम्म पदबाट राजिनामा नदिने बताईरहेका वेला राष्ट्रपतिले पनि दलीय सहमति नभए सम्म अध्यादेश प्रमाणिकरण नगर्ने संकेत गरेपछि राजनीतिक अन्यौलता चुलिएको छ ।

राष्ट्रपतिलाई अध्यादेश प्रमाणिकरण नगर्न एमालेले उक्साइरहेको काँग्रेसका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *