सुलेमान शंकर ईकुको ‘फिर्के’ पौष २१ मा देशैभरी लाग्ने

पुस ४, धरान ।  ‘ईकु द जंगलम्यान’का रुपमा परिचत सुलेमान शंकर ‘ईकु’कोे चर्चित प्रस्तुतीको रुपमा बनेको नेपाली चलचित्र ‘फिर्के’ यहि पौष २१ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रमोसनको क्रममा सुनसरीको धरान आईपुगेका कलाकार तथा निर्माता ईकुले धरान ९ स्थित रहेको हाङकुक कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएका हुन् ।

फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताएका छन ।

उनले एउटा गाउको युवा शहरमा गएर फिर्के बनेर निस्केको कथाबस्तुलाई हास्य बिधाका माध्ययमबाट चलचित्रमा देखाउन खोजेको बताए ।

चलचित्र फिर्केका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन भने चलचित्रको स्कृप्ट लेखन अभिमन्यू निरबीले गरेका छन । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा दुई बटा गीत संगीत रहेका छन्।

सम्मेलनमा निर्माता तथा कलकार सुलेमान शंकर ईकुले यसै साता एक गीत सार्वजनिक गरिने बताएका छन। अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ।

यो चलचित्रलाई २७ बर्ष सम्म कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् ।

डंगोल करिब छ वटा नेवारी चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियल निर्दैशन गद नेपाली भााषको पहिलो चलचित्र निर्देशन समेत गरेका हुन्।

करिब डेढ करोडको लागतमा निर्माण भएको चलचित्रको सम्पुर्ण छायाकंन काठमाडौको साँखु तथा भोटेचौरमा गरिएको छ ।

१ घण्टा ४५ मिनेटको समय निर्धारण गरिएको सो चलचित्रलाई पूर्वाञ्चलमा बितरणको जिम्मा एफडि कम्पनीलाई दिइएको छ जसको पूर्वाञ्चल प्रमुख चैतन्य बराल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *