प्रदेश ४ को मुख्यमन्त्रीमा दुई पूर्वमन्त्री र माओवादीका पूर्व भाइस कमाण्डरको दावी

पुस ४, पोखरा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको विर्नाचनको सम्पन्न भएलगत्तै प्रदेश नम्वर ४ को मुख्य मन्त्रीको जोडघटाउन सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा तर्फ दुईतिहाई बहुमत ल्याएको बामगठबन्धन भित्र मुख्यमन्त्रीका दावेदारका आकाँक्षीहरु देखिन थालेका छन्। एमालेको तर्फबाट पूर्व मन्त्री समेत बनेका लमजुङका पृथ्बिसुब्वा गुरुङ र तनहुँका किरण गुरुङले चुनाव अगाडि देखि नै मुख्यमन्त्रीको दावी गदै आएका छन्। त्यसैगरी गठबन्धनकै अर्काे सहयात्री पार्टी माओवादीको तर्फबाट माओवादी कास्कीका सह–ईन्चार्ज दिपक कोइरालाले पनि मुख्यमन्त्रीमा दावी गरेका छन्। उनी माओवादी जनयुद्धमा कास्कीका भाईस कमाण्डर समेत हुन्।

एमालेको तर्फबाट मुख्यमन्त्रीको दावी गर्ने गुरुङद्धय मुख्यमन्त्री हुनकोलागि नै प्रतिनिधि सभा छाडेर प्रदेश सभा तर्फ उमेदवार बनेको दावी गर्दै आफाआफै मुख्यमन्त्रीको दावी गर्दै आएका छन्।

त्यसैगरी गठबन्धनको सहयात्री माओवादी केन्द्रका दिपक कोइरालाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई चितवन पुगेर भेटेलगत्तै पोखरा फर्कीएर मुख्यमन्त्रीको दावी गरेका छन। उनी बुधवार चितवन पुगेर पार्टी अध्यक्ष प्रचण्डसंग भेट गरेका थिए। त्यस लगत्तै पोखरा फर्कीएपछि उनले एकाएक मुख्यमन्त्रीको वादी गरेका हुन्।

प्रदेश ४ को मुख्यमन्त्री बन्न एमालेकै दुई पूर्वमन्त्रीले चुनाव अगाडि देखि नै दावी गर्दै आएका छन्। दुवै दावेवारले प्रदेश सभामा लमजुङ र तनहुँबाट चुनव जीतेका छन्। ४ नम्वर प्रदेशको मुख्यमन्त्री आफुले पाउनुपर्ने भन्दै उनीहरुले आ–आफ्नो दलिल पेश गरिरहेका छन्।

अहिले एमाले पार्टीको तर्फबाट मुख्य दावेवारको रुपमा एमाले सचिव तथा संगठन विभाग प्रमुख एवं पूर्व सांस्कृति तथा पर्यटनमन्त्री पृथ्बीसुब्बा गुरुङ र एमाले पार्टी प्रदेश नम्वर ४ का संयोजक तथा पूर्ववनमन्त्री किरण गुरुङनै देखिएका छन्। पार्टीले यिनै दुई मध्ये एकलाई मुख्य मन्त्रीमा अगाडि बढाउने प्राय निश्चित छ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट र किरण गुरुङ तनहुँ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् । निर्वाचनअघिदेखि नैै एमाले नेता गुरुङद्वयले मुख्यमन्त्रीमा दाबी गर्दै आएका हुन् ।प्रदेश ४ मा वाम गठबन्धनको प्रादेशिक सरकार (मुख्यमन्त्री) बन्ने निश्चित भएको छ । एमालेका दाबेदार दुईमध्ये एक जना मुख्यमन्त्री बन्ने पक्काजस्तै छ ।

केन्द्रीय राजनीतिबाट प्रदेशको राजनीतिमा आउनुको एउटै कारण मुख्यमन्त्री बन्नु भएको दुवै नेताको भनाइ छ । एमाले सचिव गुरुङले प्रदेशमा पार्टीको सिनियर पदाधिकारी आफु भएकोले मुख्यमन्त्री बन्ने विषयमा कसैको असहमति हुनै नसक्ने दावी गरेका छन्। उनले केन्द्रमा समेत आफूलाई प्रदेश ४ को मुख्यमन्त्री बन्न कुनै विवाद नरहेको बताए ।

त्यस्तै किरण गुरुङले पनि प्रदेश ४ को जिम्मेवारी लिएर काम गरिरहेका आधारमा आफू मुख्यमन्त्री बन्न पाउने दाबी गरेका छन्। गुरुङले मुख्यमन्त्री बन्नकैलागि प्रतिनिधिसभामा उमेदवार नबनेको जिकीर समेत गरेका छन्।

त्यसैगरी माओवादीका युवा नेता दिपक कोईरालाले पार्टी अध्यक्ष प्रचण्डसंग चितवनमा भेट गरेर फर्केकै दिन मुख्य मन्त्रीको दावेदारी गरेका छन्। उनी माओवादी केन्द्रबाट उम्मेदवारी दिएर प्रदेशसभा १ (क) बाट निर्वा्चित भएका थिए । कोइरााला माओवादी काँस्कीका सहइन्चार्ज समेत हुन्। उनी ४ नम्बर प्रदेश माओवादी केन्द्रले पाएको अवस्थामा आफू निर्विकल्प मुख्यमन्त्री हुने उनको दाबी छ। प्रदेश नम्वर ४ माओवादी केन्द्रले लिने सम्भावना बलियो रहेको उनको दावी छ।

गुरुङहरुको बाहुल्यता रहेको क्षेत्र भएकोले प्रदेश नम्वर ४ को मुख्यमन्त्रीमा गुरुङजातीको उमेदवारलाई अगाडि बढाउने योजना अनुसार माओवादी केन्द्रबाट गोरखाबाट अमर तमु र कास्कीमा राजकाजी गुरुङलाई उठाएको थियो तर, बिडम्वना माओवादीको तमुवानमा दुवै गुरुङ उमेदवार पराजित भए। त्यसपछि कोइरालाले प्रचण्डको आशिर्रवाद लिन पुगेका हुन। कोइरालाले प्रदेशका अन्य महत्वपूर्ण पदहरुमा वार्गनीङ्ग पावर बढाउनकोलागि दावेवारी प्रस्तुत गरेको हुन सक्ने धेरैले अनुमान गरेका छन्।

प्रदेश नम्बर ४ मा प्रदेशसभाका ३६ सिटमध्ये एमालेले १७ ,माओवादी केन्द्रले ९, काँग्रसले ६,राष्ट्रिय जनमोर्चाले २,नयाँशक्रि १ र स्वतन्त्र १ दिपक मनाङ्गे विजयी भएका छन्।प्रदेश ४ को प्रदेशसभामा ३६ जना प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २४ गरी ६० सदस्य रहनेछन् ।

बामगठबन्धनको दूईतिहाई मत
प्रदेश नम्वर ४ मा स्याङजाको समानुपातीक मत बाहेक सम्पूर्ण मतगणना सम्पन्न भएको छ। निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेपछि अब, प्रदेश सरकार गठनको प्रक्रिया आरम्भ भएको छ। दलहरुबीच जोडघटाउ चलिरहेकोछ। प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा बामगठबन्धनको दूईतिहाईको सरकार बन्ने पक्का भएको छ। प्रदेश सभा अन्तरगतको ३६ सिट मध्ये गठबन्धनको २८ र १ स्वतन्त्र गरी २९ सिट रहेको छ भने समानुपातिक तर्फका २४ सिट मध्येमा वाम गठबन्धनले ५१ प्रतिशत मत पाएकाले दुई तिहाइ बहुमतको सरकार बन्ने पक्का भइसकेको छ । दुई तिहाइ बहुमतको प्रदेश सरकारका लागि ४० सिट चाहिन्छ ।

प्रदेश नम्बर ४ मा नवलपरासी पूर्वको कान्छो जिल्ला नवलपुरसहित ११ जिल्ला छन् । १५ लाख ६८ हजार ९ सय १७ कुल मतदाता रहेको यस प्रदेशमा सरदर ७० प्रतिशत अर्थात १० लाख ९८ हजार २ सय मत खसेको थियो ।

प्रदेशको बिहीबार रातिसम्मको मतपरिणाम हेर्दा एमालेको ३ लाख ५५ हजार ३ सय ५७, कांग्रेसको ३ लाख ४८ हजार ५ सय ४४, माओवादीको १ लाख १६ हजार ६ सय २४ मत आएको छ । नयाँ शक्तिले २४ हजार ४ सय ७२ ल्याउँदा जनमोर्चाले १९ हजार २ सय ७४ ल्याएको छ भने अन्य पार्टीहरुको पक्षमा ५३ हजार ४ सय ६० मत छ । यसैलाई आधार मानेर हेर्दा सामानुपातिकबाट ९र१० को हाराहारीमा कांग्रेस, एमाले र ३ सिट माओवादीले सांसद पाउने अवसथा रहेको छ भने नयाँ शक्ति र जनमोर्चाले समानुपातिकबाट १/१ सांसद हात पार्ने छन।

काँग्रेसको अबस्था नाजुक
प्रदेश नम्बर ४मा काँग्रेसको अवस्था अत्यन्त नाजुक देखिएको छ। समग्र ४ नम्वर प्रदेशको प्रतिनिधि सभाको १८ सदस्य मध्ये एउटामात्र सिट हातपारेको छ। कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वी क्षेत्रको कान्छो जिल्ला नवलपूरको क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।यस प्रदेशबाट काँग्रेसले जितेको प्रतिनिधिसभाको सिट यो मात्र हो। गण्डकी र धवलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभा सदस्यमा एक सिट पनी हात पार्न सकेन।

प्रदेश नम्बर ४ मा धवलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् । गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवलपुर क्षेत्र सहित ११ जिल्ला पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *