सेल्फी खिच्दा देश छोड्न वाध्य

एजेन्सी मिस यूनिभर्स प्रतियोगिताको दौरान मिस इराक सारा इदानले मिस इजरायल अदार गेंडल्सम्यानसँग सेल्फी खिच्दा साराको परिवारलाई धम्की आयो र उनीहरुले देश छोड्न वाध्य हुनुपर्‍यो ।

हालै १४ नोभेम्बरमा मिस युनिभर्स २०१७ प्रतियोगिताका दौरान साराले अदारसँग सेल्फी खिचेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी थिइन् । सो सेल्फी पोष्ट गरेको तथा प्रतियोगिताका लागि बिकनी सुट गराएको निहुमा सारालाई धम्की आउन थाल्यो ।

सेल्फी पोष्ट गर्नासाथ सारा र उनको परिवारलाई ज्यान मार्ने तथा मिस इराकको उपाधि खोस्ने धम्कीहरु आए । सो धम्कीका कारण साराको परिवार इराक छोडेर अमेरिका पलायन भएको छ ।

मिस इजरायल अदारले एउटा न्यूज च्यानललाई दिएको अन्तरवार्तामा भनेकी छिन् कि म अहिले अमेरिकामा आफ्नो परिवारका साथ बस्दै आएको छु ।
लामो समयदेखि इराक र इजरायलबीच सम्वन्ध राम्रो छैन । दुई देशबीच कयौंपटक युद्ध भइसकेको छ र लाखौं मानिसहरुले ज्यान गुमाइसकेका छन् ।
सारा इदानले सम्पूर्ण घटनालाई लिएर एउटा ट्विट पनि गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म पहिलो र अन्तिम व्यक्ति होइन, जसले व्यक्तिगत स्वतन्त्रतालाई लिएर यस प्रकारको निर्णय लिनुपरेको होस ।

लाखौं इराकी महिलाहरु यस्तै प्रकारको डरमा बाँच्न विवश छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *