आफुनिकटका नेता लिएर ओली रसुवातिर, भावी प्रधानमन्त्रीले किन खोजे ‘शान्त ठाउँ’ ?

पुस ४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली मंगलबार रसुवको लाङटाङ पुगेका छन् । चुनावमाको ब्यस्तता र धपेडीबाट राहत पाउन ओली लाङटाङ गएकाे बताइएको छ ।

तर, ओली एक्लै रसुवा गएका छैनन्, साथमा आफुनिकटका चारजना प्रभावशाली नेतालाई पनि सँगै लगेका छन् ।माओवादीसँग पार्टी एकता र सरकार गठनको तयारीमा रहेका ओली आफ्ना सहयोगीहरु सहित एकाएक ‘शान्त ठाउँ’मा जानुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ पुगेपछि विभिन्न किसिमका अड्कलबाजी काट्न थालिएको छ । चारै नेताहरु पार्टी्भित्र ओली निकट मानिन्छन्। उनीहरु एमालेका रणनीतिकार भनेर समेत चिनिन्छन्।

वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय पेचिलो बन्दै गएको छ । एमालेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने अभिव्यक्ति दिएका छन् भने माओवादीका नेताहरु पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद नछोड्न अध्यक्ष प्रचण्डलाई दबाव दिइरहेका छन् । ओली भने तत्काल सरकार गठन हुनुपर्ने र पार्टी एकताका विषयमा विस्तारै छलफल चलाउने मानसिकतामा छन् भने उता सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता र सरकार गठन संगसंगै गर्नुपर्ने निश्कर्ष निकालेको छ।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि ओली नै बन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीभित्र उनको भनाइले तरंग सिर्जना गरिदिएको छ। यहिबेला ओली आफु निकट नेता लिएर लाङटाङ पुग्नुले माओवादीसंग पार्टी एकता र सरकार निर्माणका विषयमा आफ्नो तर्फबाट रणनीति बनाउने तयारी हुनसक्ने अड्कलबाजी समेत शुरु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *