इपीएलमा आज दुई खेल हुँदै 

 
काठमाडौं, पुस ४ । हिजोबाट राजधानीमा शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुर भएको पहिलो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

दोश्रो खेलमा दिउँसो पौने १ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स आमनेसामने हुनेछन् । हिजो भएको उद्घाटन खेलमा काठमाडौँ किङ्स इलेभेनलाई सात विकेटले पराजित गर्दै ललितपुर प्याट्रियसले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *