वैदेशिक रोजगारीमा रहेकाहरुको मानव अधिकार सुनिश्चित गर : आयोग

२०७४ जेठ १५ गते

“
पुस ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जानेहरुको मानव अधिकारको प्रत्याभूति दिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दक्ष जनशक्ति निर्माण गरेर वैदेशिक रोजगारमा पठाए उनीहरुको मानव अधिकार हनन् स्वत न्यून हुँदै जाने पनि स्पष्ट पारे ।
अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले देशमा रोजगारीको अवसर सृजना नभएपछि मानिसहरु वैदेशिक रोजगारीमा जानु स्वभाविकै भएपनि उनीहरुको मानव अधिकारको सुनिश्चित गर्नु हरेक राष्ट्रको दायित्व भएको पनि स्मरण गराए ।
आयोगले हरेक वर्ष आप्रवासी दिवसको अवसर पारेर वैदेशिक रोजगारीमा गएकाहरुको मानव अधिकारको प्रत्याभूति गराउन सरकारलाई सचेत गराउँदै आएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित