सूचना प्रविधिको नयाँ जानकारी दिन ‘क्यान ईन्फोटेक मेला’को तयारी

पुस ३, काठमाडौँ । माघ ११ गतेदेखि काठमाडौँ भृकुटीमण्डप प्रदर्शनी स्थलमा क्यान ईन्फोटेक आयोजना हुने भएको छ । ६ दिनसम्म सञ्चालन हुने यस वर्षको मेलामा क्यान महासङ्घका सदस्य संस्थाहरू लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।

“सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” नाम दिइएको यो मेला माघ १६ गतेसम्म सञ्चालन हुनेछ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले हरेक वर्ष हुने क्यान ईन्फोटेकको यो २४ औँ संस्करण हो ।

प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने र मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरू विस्तारित गर्ने तथा विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउने आयोजकले विश्वास लिएको बताएका छन् ।

अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहनेछन् भने ट्रसमा १ सय ४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

सर्वसाधारणहरुलाई प्रवेश शुल्क एक सय र विद्यार्थीहरूलाई ५० रुपैयाँ तोकिएको छ । माघ १४ गते आइतबार विजनेश डेको रूपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरुको लागि एक सय रुपैयाँ तोकिएको छ । उक्त दिन विशेष गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रूपमा विजनेश डिल गर्नेछन् ।

यससंस्करण क्यान ईन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रा।ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारिक बिक्रेता लाईफकम प्रा।लिई रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि।पी लिङ्क गोल्ड स्पोन्सरहरु– हुवावे, एम।आई। स्मार्ट फोन र महालक्ष्मी मोबाइल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस।पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन ९नेपाल० प्राली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नवीन डिस्ट्रिब्युटर्स प्राली रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *