बेल्चा प्रहार गरी श्रीमानको हत्या

म्याग्दी, १५ असार । मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा (साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकोमा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, दरबाङ प्रहरीले जनाएको छ ।
अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *