बर्दियामा स्थानीय तहको ताजा मत परिणाम

असार १५, बर्दिया । बर्दिया स्थानीय तह दोश्रो चरण निर्वाचन अन्र्तगत बुधबार सम्पन्न निर्वाचनको बर्दियामा मतगणना गर्ने कार्य शुरु भएको छ । जिल्लाका स्थानीय तहहरुबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिएको हो । बर्दियाका ८ स्थानीय तह मध्ये २ वटा स्थानीय तहको प्रारम्भिक नतिजा आएको छ भने बाँकी ६ स्थानमा मतगणना भैरहेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
कार्यालयका अनुसार बर्दियाको मधुवन नगरपालिकामा नेपाली काँग्रेसका मेयर जग्गा प्रसाद पाण्डेले ३७८ उपमेयर तुल्सी पुनले ३५३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट मेयर दुर्गा वहादुर वलीले १५३ उपमेयर हिरा कुमारी चौधरीले १३६ मत प्राप्त गर्नुभएको जनाईएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका मेयर गणेश बहादुर क्षेत्रीले ४४६ र उपमेयर शुभरानी थारुले ३९३ मत प्राप्त गर्नुभएको बताईएको छ ।
गेरुवा गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसका जमान सिंह केसीले ९४, नेकपा एमालेका नुतन कुमार चौधरीले ५५, माओवादी केन्द्रका विश्व वहादुर थारुले १६८ मत र फोरम लोकतान्त्रिकले ४१ मत प्राप्त गरेको जनाईएको छ । अहिलेको नतिजा अनुसार बर्दियाका दुई स्थानिय तहमा माओवादी केन्द्रको अग्रता रहेको छ । बर्दियाको कुल मतदाता संख्या २ लाख ५३ हजार १ सय ८५ रहेको र कुल मत १ लाख ९८ हजार खसेको जनाईएको छ । बर्दियामा ७८ दशमलव ३१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले वताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *