बुटवल उपमहानगरमा नेपाली कांग्रेसको सुरुवाती अग्रता

असार १५, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । बुटवलमा कांग्रेस र माओवादीको गठबन्धन रहेको छ । गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेय र एमालेका शिव सुवेदी रहेका छन् ।

उपाध्यक्षमा एमालेकी उम्मेदवार गोमा आचार्यले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेललाई पछि पारेकी छन् । आचार्यको १५३ र पोखरेलको १२८ मत छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका महेन्द्र लिगलले १४८ मतसहित सुरुवाति अग्रता लिएका छन् । कांग्रेसका नरेन्द्र बस्नेतको पक्षमा १०८ मत परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *