माओवादी केन्द्रको पूरै प्यानल विजयी

असार १५, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी र राप्ती ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका छन् । गढवा ८ को अध्यक्षमा माओवादीका सद्धाम सिद्दीकी १०७ मत सहित विजयी भएका छन् ।

सिद्धिकी माओवादी केन्द्र दाङका सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनी २१ वर्षका छन् । गढवा गाउँपालिकाको वडा नम्बर ८ साविक कोइलाबास गाविसमा पर्दछ । भारतसँग सीमा जोडिएको सो वडामा कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मत ल्याउँदै प्यानल सहित विजयी भएका छन् ।

महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका छन् । यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४३७ मत खसेको थियो । त्यसै गरि दाङकोभ घोराही उपमहानगरपालिकामा पनि मतगणना सुरू भएको छ । २०० मत गणना भइसकेपछि मत परिणाम सार्वजनिक गर्ने जानकारी निर्वाचन अधिकृतले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *