उत्तर कोरियाका एजेन्ट अस्ट्रेलियामा पक्राउ

काठमाडौं, पुस २ । उत्तर कोरियाका लागि एजेन्टको रुपमा काम गर्ने एक ब्यक्ति अस्ट्रेलियामा पक्राउ परेका छन् । ५९ बर्षिय चान हान चोई नामका ब्यक्ति अबैध हातहतियार निर्यात र सामूहिक बिनासको हतियार आपूर्तिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

३० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका चोईमाथि उत्तर कोरियाका उच्च अधिकारीहरुसँग सम्पर्कमा रही गैरकानुनी काम गरेको आरोप लगाइएको छ । पक्राउ परेका चोईमाथि उत्तर कोरियाको दलाली गरेको आरोपसमेत लगाइएको छ ।

चोईले इन्डोनेसिया र भियतनामलाई अनधिकृत रुपमा कोइला बिक्री गरेको र बिदेशी संस्थामा ब्यालेस्टिक मिसाइल प्रबिधिका बारेमा उत्तर कोरियालाई निरन्तर रुपमा सघाइरहेको आरोप पनि लागेको छ । चोईमाथि थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *