धनगढीमा स्वतन्त्र उम्मेदवारको अग्रता

कैलाली, असार १५ – कैलालीमा धनगढी उपमहानगरापालिकामा मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३२ मत ल्याउनु भएको छ । नेपाली कांग्रेस ३०, माओवादी ७ र एमालेले ४ मत ल्याएको छ । मतगणना सुरु भएका टीकापुर नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ भने जोशीपुर गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमले नै अग्रता लिएको छ ।

भजनी त्रिशक्ति नगरपालिकामा पनि लोकतान्त्रिक फोरमले नै अग्रता लिएको छ । गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमको अग्रता छ । यस्तै बर्दगोरिया गाउँपालिकामा एमालेको अग्रता छ भने लम्की चुँवा नगरपालिका, घोडाघोडी नगरपालिका, चुरे गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । तर अझै पनि गोदावरी  नगरपालिका र मोहन्याल गाउँपालिकामा अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *