इलाममा मतगणना बारे विवाद

इलाम, असार १५ – इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क) मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।  १४ सय ८४ जना मतदाता रहेको वडामा विवाद मिलेपछि मात्रै मतगणना हुने भएको छ । १० ओटा स्थानीय तह भएको इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *