बाँकेमा मतगणना सुरु, फोरम नेपालको अग्रता

२०७४ जेठ १५ गते

“
असार १५, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मतगणना सुरु भएको छ । बिहीबार बिहान साढे १० बजे बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत गोरखबहादुर थापाले बताउनुभयो । नरैनापुरका ६ वडा मध्ये १, २, ३ र ४ को एकसाथ मतगणना सुरु भएको हो । १५ हजार ४३ मतदाता रहेको नरैनापुरमा झन्डै ८० प्रतिशत मतदान भएको छ ।
बाँकेका ८ वटा स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको बुधबार रातिदेखि नै मतगणना भइरहेको छ । वडा नम्बर १ होलियाको भन्डै ६ सय मत गणना हुँदा फोरम नेपालका विजयी यादवको २ सय ४३ र नेपाली कांग्रेसका पप्पु चौधरीको २ सय ७ मत आएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकासहित अन्य गाउँपालिकाको गणना पनि मतगणना सुरु गर्ने तयारी छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित