पत्रकार–साहित्यकार पहारीको निधन

पुस १, पाल्पा । बगनासकाली गाउँपालिका पोखराथोकका सञ्चारकर्मी तथा साहित्यकार कृष्ण पहारीको ६२ वर्षका उमेरमा शुक्रबार राति निधन भएको छ ।

वगनाशकाली-२ पोखराथोकका साहित्यकार पहारीको ब्रेन ट्युमर रोगका कारण शुक्रबार राति ११ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ग्रामीण क्षेत्रम क्रियाशील पहारी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य थिए । उनका ‘हराएको मान्छे’ कवितासङ्ग्रह र केही गजल प्रकाशित छन् ।

उनी सामुदायिक रेडियो मदनपोखराको पूर्वसञ्चालक समिति सदस्य तथा हाल पोखराथोक साहित्य संगमका अध्यक्ष रहेको पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *