आजदेखि बरेङ–काठमाडौं सिधा बस सञ्चालन

पुस १, काठमाडौं । बागलुङको बरेङबाट काठमाडौंसम्म सिधा बस सञ्चालन शुरु भएको छ । अब प्रत्येक दिन दिउसो १२३० बजे बरेङदेखी काठमाडौंका लागि र काठमाडौंदेखि साँझ ५३० बजे बरेङका लागि बस छुट्नेछ । बस सञ्चालनमा आउँदा त्यस क्षेत्रका स्थानीय खुसी भएका छन ।

बिहिबार साँझ साढे ५ बजे काठमाण्डौंदेखि छुटेको बा ३ ख ९१८० नम्बरको बस बागलुङ, कुश्मीशेरा, राङखानी हुदैं बरेङ गाउँपालिका १ बरेङ पुगेको छ । आज (पौष १ गते) देखि बरेङ काठमाण्डौं नियमित यातायात सञ्चालनमा आउने बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

काठमाण्डौबाट आएको गाडीलाई ठाँउ ठाँउमा रोकेर बरेङ बजारवासीले बस स्टाफ र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा वडा सदस्य क्षत्र बहादुर थापा लगायतलाई अबिर र फुलमालाले स्वागत गरे ।

स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर सिधा यातायात संचालनमा ल्याईएको बताईएको छ। अब बरेङ र त्यस आसपासका समुदायलाई देशको राजधानी काठमाडौंसँग सिधा यातायात मार्फत जोडिन सहज भएको छ ।

लामो प्रयास पछि बागलुङको दक्षिणी क्षेत्र बरेङबाट काठमाडौं पहिलो पटक सिधा बस सञ्चालनमा आएको बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *