मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दार्चुलामा काँग्रेसको विजयी सुरुवात

भीमदत्तनगर, १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । लेकम गाउँपालिका– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले २१३ मत प्राप्त गर्नुभयो । सो वडामा कुल एक हजार ८० मत खसेको थियो ।

लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिनुभयो । रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com