ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन : पोखरेल

काठमाडौँ, २९ मंसिर। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट परेका थिए।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले जनाए । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ ।

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =