आज असार १५ अर्थात धान दिवस

असार १५, काठमाडौ । आज असार १५ गते नेपाली कृषकहरुको महत्वको दिन । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस समेत मनाइदै आएको छ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि’ भन्ने नाराका साथ शनिवार दशौं राष्ट्रिय धान दिवस मनाइँदैछ । २०६१ साल मंसिर २९ गते सरकारले नेपालमा प्रत्येक वर्ष असार १५ गतेको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँने निर्णय गरेको थियो । विगतका वर्षमा असार १५ गते १ दिन मात्र धान दिवस मनाइदै आएपनि यस वर्र्ष साताव्यापी कार्यक्रम गरिने भएको हो । दिवसको अवसरमा कृषि सम्बन्धी प्रचारप्रसार गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले साताव्यापी धान दिवस मनाउन लागिएको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषिमन्त्री तथा सचिवको विशेष सहभागितामा ललितपुरको खुमलटार तथा भक्तपुरमा रोपाई महोत्सवस अन्तर्गत विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कृषि विभागका अनुसार नेपालमा वार्षिक करिव ९० अर्व रुपैंया बराबरको धान उत्पादन हुने गरेको छ । गत आर्थिक वर्षमा देशभरी १४ लाख २० हजार ५ सय ७० हेक्टरमा धान खेति भई ४५ लाख ४ हजार ५०३ टन धान उत्पादन भएको कृषि विभागले जनाएको छ । विगत दश वर्षको तुलनामा धान उत्पादनको वृद्धि एक दशमलव ८५ प्रतिशतले भएको छ । यस्तै, पर्यटकीय शहर पोखरामा असारे रोपाई महोत्सवको आयोजना गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको सह आयोजनामा आज विगतका वर्षहरुमा जस्तै रोपाई महोत्सव मनाइँदैछ । आजको रोपाई महोत्सव लेखनाथ नगरपालिका ९ वेगनाशताल किनारमा गरिन लागेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *