मोरङको सुन्दर–हरैँचा ७ मा एम्बुलेन्स दुर्घटना, ५ घाईते

मोरङ, मंसिर २९ । मोरङको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर घाइते भएका छन् । सोही ठाउँका २१ बर्षीय शिशिर शेर्मा लिम्बु, ३४ बर्षीया प्रमिला कार्की, ३० बर्षीया रमिला लिम्बु र ३६ बर्षीय नेपाल खड्का सामान्य घाईते भएका छन् ।

घाईते उनीहरुलाई उपचारकालागि धरानस्थित घोपा क्याम्पमा पठाईएको प्रहरी चौकी गछियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *