मानव सेवा आश्रममा दिवाभोज
मकालु खबर
२०७४ जेठ १५ गते
“
असार १५, भरतपुर । मदन भण्डारी फाउण्डेसन चितवनले मानव सेवा आश्रममा रहेकालाई बुधबार दिवाभोज गराएको छ । जननेता मदन भण्डारीको ६६ औँ जन्मजयन्तीको अवसरमा फाउण्डेसनले आश्रममा रहेका विष्णु–लक्ष्मीहरुलाई विशेष दिवाभोज गरेको फाउण्डेसनका सचिव केशवप्रसाद रेग्मीले बताए ।
भरतपुर महानगरका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका निवर्तमान अध्यक्ष जेएन थपलियालगायतले मन्तव्य दिएका थिए । मदन भण्डारी फाउण्डेसनका कार्यवाहक अध्यक्ष दावादोर्जे लामाको सभाध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीलगायतले भोजन वितरण गरेका थिए । आश्रमका अभियन्ता आदर्श ढकालले ५४ जनालाई भोजन गराइएको बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित