बाँकेको कालाफाँटामा आगलागी

बाँके, १४ असार । बाँकेको कालाफाँटामा आज आगलागी भएर १३ वटा फुसको घर र केही गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक कमल थापाको नेतृत्वमा खटिएको टोलीले आगोलाई नियन्त्रणमा लिएको छ । अहिले त्यहाँको स्थिति सामान्य छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *