जनतासंग गरेका सबै प्रतिबद्धता पुरा गर्छु : झपट रावल

बिष्णु जोशी

धनगढी, मंसिर २८ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा निर्वाचीत हुनुभएका झपट रावलले जनताले बामपन्थीहरुको एकतालाई अनुमोदन गरेको बताउनुभएको छ ।

आज बिहान एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व मेचीदेखी पश्चिम महाकाली सम्म आएको निर्वाचन परिणामले संयुक्त बाम गठबन्धन र देशभक्त, प्रगतीशिल शक्ति एवं राष्ट्रवादी सबैलाई एकजुट हुन आह्वान गरेकाले कैलालीका जनता पनि देश बनाउने अभिभारा आफ्नो काँधमा सुम्पीएकाले त्यसलाई इमानदारीताका साथ पुरा गर्ने उहाँले प्रविबद्धता जनाउनुभयो ।

साथै उहाँले निर्वाचनका क्रममा जनताका माझमा गरेका मौखिक र लिखित वाचा पुरा गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ । चुनावी अभियानका क्रममा प्रतिस्पर्धी दलका उम्मेदवारसँग केही तिक्तता पनि हुन गएकाले अब हरेक विषयमा उहाँहरुसँग छलफल, संवाद गर्ने र संम्वाद चलाएर अगाडी बढ्ने रावलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *