भारत १ सय ७ मेगावाट विद्युत आयत गर्ने तयारी

मंसिर २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिउँदयामको माग धान्न भारतबाट थप १ सय ७ मेगावट विद्युत आयत गर्ने तयारी गरेको जनाएको छ ।

९ सय ६५ मेगावट हाराहारीमा विद्युत उत्पादन भएपनि प्राकृतिक बहावका कारण माग नधान्ने देखिएपछि भारतबाट थप विद्युत आयत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।


मुलुकभर हाल १३ सय ८० मेगावट विद्युत माग छ । त्यसमध्ये पिक आवरमा सञ्चालन गर्न सकिने आयोजना र भारतबाट गरि १ हजार ३० मेगावट विद्युत आपूर्ति भईरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

औधोगिक वाहेकका क्षेत्रमा विद्युत आपूर्तिका लागि प्राधिकरणले १ सय ७ मेगावट विद्युत आयत गर्ने तयारी गरेको हो ।
भारतबाट ४ सय ७० मेगावट विद्युत ल्याउने लक्ष्य राखेको प्राधिकरणले अहिलेसम्म ३ सय ६३ मेगावट विद्युत आयत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *