सुनसरी ३ मा गच्छदार विजयी

मंसिर २७, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत गणना भईरहेको सुनसरी जिल्लाको क्षेत्र नं ३ मा काँग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । गच्छदारले एमाले उम्मेदवार भगवती चौधरी भन्दा ३३१ मत बढी ल्याएका छन् । गच्छदारले ३८९७२ मत ल्याए भने चौधरीले ३८६५१ मत प्राप्त गरिन् ।

यो परिणामसँगै प्रतिनिधि सभाको सबै १६५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले ८० स्थान जितेर पहिलो पार्टी बनेको छ भने माओवादी केन्द्र ३६ स्थान जित्दै दोस्रो स्थानमा छ । काँग्रेसले २३ सिट जितेको छ । यस्तै, राजपाले ११ र संघीय समाजवादी फोरम १० ठाउँमा विजयी भएका छन् ।

राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति र नेमकिपाले १/१ सिट जितेका छन् भने एकजना स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले चुनाव जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *