११० वर्षीय मुस्लिमले गरे मतदान

असार १४, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका ३ लिटिल फ्लावर निमावी मतदान स्थलबाट ११० वर्षीय वशिर मुसलमानले मतदान गर्नुभएको छ ।

उहाँले आफ्नै पनाति अब्दुल रहमानको सहयोगमा मतदान गर्नुभएको हो । ९० प्रतिशत मधेसी समुदाय रहेको यो केन्द्रमा अहिलेसम्म ६६ प्रतिशत मतदान भएको छ । २ हजार ५ सय ६५ मतदातामा रहेको केन्द्रबाट २ हजार मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *