युवाहरुले सिकौँ युवा नेता विकबाट पाठ !


“
धरान, मंसिर २६ । फजुल खर्च गर्ने युवा पुस्ताका लागि उदाहरणीय बनेका छन्, युवा नेता सन्तोष विक । सामाजिक सेवामा समर्पित ४१ वर्षीया नेता विकले आफ्नो जन्मोत्सव असहाय बालबालिका तथा वृद्धवृद्धाहरुसँग मनाएका छन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधि, तरुण दल सुनसरीका उपाध्यक्ष एवं होटल एसोसीएसन अफका केन्द्रीय सदस्य समेत रहेका उनले ४२ औँ बसन्तमा टेक्दै गर्दा आफ्नो जन्मोत्सब असहाय बालबालिका तथा वृद्धहरुसँग मनाएका छन् ।
युवाहरुले सिकै युवा नेता विकबाट पाठ ! उनले आफ्नो जन्मोत्सवमा असहाय बालबालिका तथा वृद्ध–वृद्धाहरुलाई खानापानसँगै व्यक्तिगत आर्थिक सहयोग पनि गरेका छन् । ‘अहिले युवा पुस्तामा निकै धनराशी खर्चेर होटल, रेष्टुरामा बर्थडे मनाउने चलन छ । तर,मलाई त्यसरी बर्थडे सेलिब्रेट गर्ने रहर जागेन ।’उनी भन्छन,‘युवा पुस्ताले आफ्नो बर्थडेमा फजुल खर्च गरेर जन्मोत्सव मनाउनुभन्दा केही सामाजिक कार्य गर्दा समाजको भलो होला जस्सतो लाग्छ ।’ उनले होटलमा सेलीब्रेट गर्ने खर्च असहाय बालबालिका तथा आमा बुवाहरुलाई सहयोग गरेको बताए
धरान–९ स्थित पुनःस्थापना केन्द्रमा आफ्नो ४२ औ जन्मोत्सव मनाएपछि खुसी देखिएका युवा नेता विकले यसअघि आफूले साथीभाइ र घरपरिवारसँग ‘वर्थडे सेलिब्रेट’ गरेपनि यसपालि बालबालिका तथा वृद्ध आमा–बुवाहरुसँग खुसी साटासाट गरे । उनले आगामी जन्मोत्सव पनि यसरी नै मनाउने प्रण पनि गरे ।
“
