यशोदा फुड्स प्रालि द्धारा स्थापित उद्योगले लाली र करेण्ट चाउचाउ

यशोदा फुड्स प्रालि द्धारा स्थापित उद्योगले लाली र करेण्ट चाउचाउ उत्पादन गरि बजारमा ल्याएको छ । पुर्वाञ्चलको उत्पादनमै सिमीत चाउचाउको बजारमा रुपन्देहीको उत्पादन थपिएको छ । रुपन्देहीको मधौलियामा आधुनिक चाउचाउ उद्योग स्थापना भएपछि पुर्वान्चलको चाउचाउको अधिपत्य टोडिएको छ ।

उद्योगले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यशोदा फुड्स प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले उद्योगले हाल लाली, जुप्पी र करेन्ट नामका चाउचाउ उत्पादन गरेको जानकारी दिए । पौडेलका अनुसार यो उद्योग करिब १ अर्बको लगानीमा स्थापना भएको हो ।आधुनिक प्रविधिको यो चाउचाउ उद्योगमा प्रति सिफ्ट १० टन चाउचाउ उत्पादन गर्ने क्षमता रहेको छ । उद्योग पूर्ण रुपमा संचालित हुँदा प्रत्यक्ष रुपमा १ हजार २ सय २५ जनाले रोजगार पाउने अध्यक्ष पौडेलले बताए ।

जापनिज प्रविधिको यो उद्योगको लागि आवश्यक कच्चा पदार्थहरु स्वदेशी र विदेशमा भारत, सिंगापुर र चिनबाट ल्याईएको छ । उत्पादन को बिक्री वितरणका लागि पूर्वमा मेचि देखि पश्चिममा महाकली सम्म मुख्य वितरकहरुको व्यवस्था गरिएको उद्योगले जनाएको छ । चुन्न पौडेल, कमल मालपानी र ऋषी भण्डारीको लगानीमा उद्योग संचालनमा आएको हो । लाली चाउचाउ अन्य चाउचाउ भन्दा गुणस्तरीय रहने उद्योगको दावि छ ।

हाल प्रति चाउचाउको मुल्य १५, १८ र २० रहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गरार्ईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष चुन्न पौडेल, प्रोडक्सन म्यानेजनर फर्सुराम भण्डारी, प्रमुख बजार व्यवस्थापक छवि शर्मा, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष शेरबहादुर केसी लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *