सर्लाही ४ मा अमरेश अगाडी

मंसिर २६, काठमाडौं । विवादका कारण आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४ को मतगणना मंगलबार बिहान सुरू भएसँगै नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १८ हजार २ सय ३० मत ल्याएर अग्रता लिएका छन्।

उनलाई सुरूदेखिनै उछिनरहेका राजपाका राकेशकुमार मिश्रले १७७५२ मत ल्याएर ४८७ मतले पछि परेका हुन्।

एउटा बुथमा धेरै मत खसेको र मतपेटिकामा चारवटा मात्र सिलबन्दी गरिएको भन्दै त्यहाँ विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै सोमबार जाँदा दुई पक्षबीच झडपसमेत भएको थियो।

निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीका अनुसार ९२ हजार ५ सय ४३ मतदाता रहेको यो क्षेत्रमा ४१११९ मत गनिइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *